अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:२१ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी कर्मचारी र अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले १८ संक्रमित मध्ये एकजना थुनुवा, एकजना २८ महिनाको बालक र दुईजना महिला रहेको बताउनुभयो । यस अघि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू