अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

आज सातै प्रदेशमा वर्षा हुने

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:०५ मा प्रकाशित

आज देशका सातै प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार दक्षिणी क्षेत्रतर्फ मनसुनको न्यून चापीय रेखा सर्दै गएकाले हिजोको तुलनामा आज वर्षाको मात्रा थोरै कम हुने सम्भावना देखिएको छ । न्यून चापीय रेखा केही तल सरे पनि पुनः माथि आउने सम्भावना पनि रहनेछ ।

बासीका अनुसार रेखा तलमाथि सरिरहन्छ, तल सरेपछि तलको तलै जाने हुँदैन, फेरि माथि (नेपालनजिक) आउन पनि सक्छ र वर्षा पुनः बढ्न सक्छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज देशका सातै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र बागमतीका थोरै स्थान साथै गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थान र विशेष गरी कैलालीमा वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । मनसुनका बेला ५० मिलिमिटर भन्दा माथिको वर्षालाई भारी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू