अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:४८ मा प्रकाशित

सोमबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा रास्कोट नगरपालिका–१ बम्हतोलमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । स्थानीय जयबहादुर शाहीको घरमाथिबाट खसेको पहिरोले उनीसहित ५ जनालाई बेपत्ता बनाएको हो । यस्तै, नरहरिनाथ– ८ लालुमा एक किशोर र टाकुल्ला खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् । रास्कोट(१ का टेक टमटाको घर भत्किदा छिमेकी एक किशोरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीकाअनुसार अविरल वर्षाले रास्कोट १ बम्हतोलामा खोलाको पानी बस्तीमा पस्दा घरमा सुतिरहेका ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् ।

त्यस्तै, रास्कोट १ पोतमारास्थित टेक टमटाको घर भत्किदा छिमेकी घरकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको छ । टेककी पत्नी मयसरा र छोरी यशोदा घाइते भएका छन् । त्यस्तै, नरहरिनाथ ८ लालुस्थित निर्माणधीन सडकमा हिड्दै गर्दा पहिरो खस्दा १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता छन् ।

पानी नरोकिएकोले बेपत्ताको खोजी सुरु हुन सकेको छैन । रास्कोट र मुम्रा प्रहरी चोकीबाट विहानै प्रहरी घटनास्थलतर्फ पठाइए पनि बाटोमा ठाउ ठाउँमा पहिरो खसिरहेकाले घटनास्थल पुग्न कठिनाई भएको डीएसपी ओलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू