अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

नेप्सेको वेबसाइटबाट डाटा चोर्ने प्रयास

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:४३ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्सेको वेबसाइटमा प्रवेश गरेर अनधिकृत रुपमा डाटा ह्याकिङको प्रयास भएको छ । नेप्सेले मङ्गलबार विज्ञप्तिमार्फत वेबसाइटमा विभिन्न कोड प्रयोग गरेर अनधिकृत रुपमा ठूलो परिमाणमा डाटा तान्ने प्रयास भइरहेको जनाएको छ ।

यसले गर्दा नेप्सेको वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्यधिक बढेको र सर्वसाधारणलाई असुविधा भइरहेको नेप्सेले जनाएको छ । यसलाई समाधान गर्न नेप्सेले प्राविधिक उपाय लगाइरहेको र त्यस्ता क्रियाकलाप नरोकिए कारबाहीमा जाने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू