अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

कोभिड–१९ का कारण विश्वभर १ करोड ६६ लाख ७५ हजार १ सय बढी संक्रमित, ६ लाख ५७ हजार २ सय ९२ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १३ गते ६:३४ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६६ लाख ७५ हजार १ सय ४३ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ५७ हजार २ सय ९२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड २६ लाख ४ हजार ८ सय ६९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५० हजार ४ सय ५८, ब्राजिलमा ८७ हजार ७ सय ३७, भारतमा ३३ हजार ४ सय ६१, रसियामा १३ हजार ५ सय ४, स्पेनमा २८ हजार ४ सय ३४, मेक्सिकोमा ४४ हजार २२, बेलायतमा ४५ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १६ हजार १ सय ४७ सय , इटालीमा ३५ हजार १ सय १२, फ्रान्समा ३० हजार २ सय ९, जर्मनीमा ९ हजार २ सय ६, क्यानडामा ८ हजार ९ सय १ र बेल्जियममा ९ हजार ८ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय ६५, बंगलादेशमा ३ हजार, अफगानिस्तानमा १ हजार २ सय ७०, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू