अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२
| Colorodo: 21:47
स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल गरिएको हो । अत्यावश्यक सेवा बाहेक अनावश्यक हिडडुल नगर्न आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।
कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा पुतलीबजार बन्द गरिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा गएको आशंका गरिएको छ ।पुतलीबजार नगरपालिका सिल भएसँगै सदरमुकामका बजार पूर्ण रुपमा बन्द भएको छ । समुदायमा संक्रमण फैलिएको आशंकासँगै स्थानीयले कोरोना परिक्षण नागरिक स्तरमा लैजान माग गरेका छन् ।