अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

रुकुम पश्चिममा पहिराेमा हराएका दुई जनाको शव भेटियो

बिआरटीनेपाल २०७७ साउन १२ गते २३:३९ मा प्रकाशित

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा हराएका दुई जनाको शव भेटिएको छ ।बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा बिहान पहिरोले हस्तबहादुर सुनारको घर भत्काउँदा बेपत्ता भएका २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । उहाँकाअनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी, श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी ऋतुको उद्धार गरिएको हो ।

यसैबीच पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ कै डिलबहादुर परियार, बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू