अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली युवतीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १२ गते २३:२६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित तालमा डुबेर २३ वर्षीया अश्मिता खनालको मृत्यु भएको हो । खनालको मृत्युको बारेमा फरक फरक खालका समाचारहरु आएका छन्।

एउटामा तालमा डुङ्गा ख्याइरहेका बेला लाइफ ज्याकेट नलगाएकी खनालले पौडन हाम फालेको समाचारहरूमा उल्लेख छ भने अर्कोमा उनी डुङ्गाबाट खसेको बताइन्छ। यसबारे थप जानकारी आइसकेको छैन। खनालको घर काठमाडौं हो। पछिल्लो समय पानीसँग सम्बन्धित दुर्घटनामा परेर अमेरिकामा ज्यान गुमाउने नेपाली–मूलका मानिसको संख्या बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू