अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

जाजरकोटमा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, सात जना बिरामी

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५९ मा प्रकाशित

जाजरकोटको कुशे गाँउपालिका १ स्याक्रीमा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी परेका जनक चलाउनेका ३ वर्षका छोरी अन्जना चलाउनेको बाटुले स्तिथ स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष गोपाल नेपालीले जानकारी दिनुभयो ।

च्याउ पकाएर खाँदा अन्य ७ जना बिरामी भएका छन् । बिरामी हुनेमा कुशे गाउँपालिकाका वडा नम्बर १ का ५० वर्षका टेक बहादुर चलाउने, ३० वर्षका ललित चलाउने, ३० वर्षकै कल्पना चलाउने, १४ वर्षका पशुपती चलाउने तथा छिमेकीहरु ९ वर्षका निरुता सिङ, १२ वर्षका धन्सरा चलाउने र १४ वर्षका औसरा चलाउने रहेका छन् ।

बिरामीहरु सबै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि बाहिर लै जाने तयारी भइरहेको गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू