अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

पोखरा विश्वविद्यालयले स्थगित परीक्षा भदौ अन्तिम साता सुरु गर्ने

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५८ मा प्रकाशित

पोखरा विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयले एक सूचना जारी गर्दै जनाएको हो ।

सूचनामा लामो दुरीका गाडी भदौदेखि मात्रै खुल्ने र विद्यार्थी देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने जनाइएको छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाईने छ । सरकारले भदौदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालयले परीक्षा सञ्चालनको तयारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू