अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

नेकपाका दुई अध्यक्ष छलफलमा सक्रिय

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवास खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गर्नुभएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै छ । भोली बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गर्नुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

भोलि ११ बजेका लागि स्थायी कमिटीको बैठक तय भएको र एजेन्डाका बारेमा केही छलफल भएपनि गम्भिर कुराकानी भने खासै नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा पनि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गर्नुभएको छ । दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू