अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै वडाध्यक्षहरुको विरोध

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५३ मा प्रकाशित

पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिकाको काम–कारबाहीमा असन्तुष्टि जनाएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले अनियमितता सम्बन्धमा १२ बुँदे सुझावपत्र महानगरलाई बुझाएको बताउनुभयो ।

विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, अनियमितता गरेको, ठेक्कावापतको रकम अझै असुल नगरेको भन्दै कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले संयुक्तरुपमा विरोध गरेका छन् । महानगरपालिकाका ३३ वडामध्ये ११ ओटा वडामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले महानगरको कामप्रति विरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू