अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

हिंसामा कमी नआएपछी डार्फरमा थप सैनिक पठाउने सुडान सरकारको निर्णय

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५२ मा प्रकाशित

अफ्रिकी राष्ट्र सुडानको डार्फर क्षेत्रमा जारी हिंसामा कमी नआएपछी सुडान सरकारले त्यस क्षेत्रमा थप सैनिक पठाउने निर्णय गरेको छ ।सुडानका प्रधानमन्त्री अब्दाल्ला हाम्दोकलले डार्फरका जनताको सुरक्षाका लागि थप सैनिक पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

डार्फरमा जारी हिंसाकै बीच पछिल्लो समय बन्दुकधारीहरुको एक समूहले ८० जनाकोे हत्या गर्नुका साथै त्यहाँका गाउँ नै आगजनी गरी लुटपाट मच्चाएसंगै त्यहाँका जनता त्रासमा छन् ।पछिल्लो दिनमा डार्फरका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि झन बढेका छन् ।

खेतीपातीको समयमा पनि मानिसहरु विस्थापित भएको भन्दै हालै संयुक्त राष्ट्रसंघले पनि विश्वजगतको ध्यान आकर्षण गरेको थियो ।डार्फरमा पछिल्लो दुई दशकदेखि जारी हिंसा अझै पनि मत्थर भएको छैन ।हिंसाकै कारण त्यहाँ झण्डै तीन लाख मानिसको ज्यान गएको र २० लाख भन्दा बढी विस्थापित भइसकेका छन् । डार्फरमा गत वर्ष मात्रै सत्ताच्यूत राष्ट्रपति ओमार अल–बाशिर समर्थक सुरक्षाकर्मी र बिद्रोही समूहबीच भिडन्त हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू