अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

‘हलिउड गोल्डेन एज’की अभिनेत्री ओलिभिया को निधन

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४९ मा प्रकाशित

हलिउडको ‘गोल्डेन एज’ की एकमात्र जीवित स्टार ओलिभिया डी हाभिल्याण्डको निधन भएको छ । उनको १०४ वर्षको उमेरमा निधन भएको हो । हलिउडमा ५० वर्ष भन्दा धेरै सक्रिय रहेकी ओलिभियाले झण्डै ५० चलचित्रमा काम गरेकी छन् । उनी सन् १९३९ को ‘गन विथ द विन्ड’ एक मात्र जीवित कलाकार थिइन् ।

ओलिभिया गन विथ द विन्डकै लागि ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । त्यसबाहेक उनी अरु चारपटक ओस्कार अवार्डमा मनोनयनमा परेकी उनले दुई पटक अवार्ड जितिन् । ब्रिटिस–अमेरिकन अभिनेत्री ओलिभिया सन् १९६० देखि फ्रान्सको पेरिसमा बस्दै आएकी थिइन् । उनी हलिउडको स्टूडियो सिस्टमलाई तल पारेर कलाकारलाई राम्रो सम्झौता दिलाउने भूमिकामा महत्वपूर्ण व्यक्ति मध्येमा पर्छिन् । बहिनी जोन फोन्टेइसँग उनको सम्बन्ध निकै राम्रो थियो । फोन्टेइले पनि ओस्कार अवार्ड जितेकी थिइन् ।

ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनको निधन आइतबार पेरिस स्थित निवासमै भएको जानकारी दिइएको सिएनएनले जनाएको छ । ओलिभियाको जन्म जापानको टोकियोमा सन् १९१६ को जुलाई एकमा भएको हो । त्यसको केही समयपछि नै उनको परिवार अमेरिकाको क्यालिर्फोनिया गएको थियो ।

उनले एरोल फ्लीनसँग क्याप्टेन ब्लडमा काम गरेकी थिइन् । उनले द एड्भान्चर्स अफ रोबिन हूडमा पनि काम गरेकी थिइन् । गन विथ विन्डका लागि उनले ओस्कार जितिन् । उनले सन् १९४६ मा ‘टू इच हिव वन तथा सन् १९४९ मा द हाइरेसका लागि ओस्कार अवार्ड जितेकी थिइन् । सन् १९८० को दशकसम्म काम गरेकी उनले १९८६ मा एनास्टेसियाः द मिस्ट्री अफ एनाका लागि गोल्डेन ग्लोब अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू