अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

राप्रपा परित्याग गरी नेता सुनिल थापा कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्रीमा सहमति

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४८ मा प्रकाशित

राप्रपा परित्याग गर्नुभएका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि (मंगलबार) आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्नुहुने भएको छ । पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उहाँसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसले गरेको छ ।

कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि बनाएको समायोजन समितिका संयोजक बिमलेन्द्र निधीले थापा समूहसँग वार्ता गरिरहेका छन् । आजैसमझदारी टुङ्ग्याएर भोलि पार्टी प्रवेश गर्ने तयारी छ । थापा समूहका नेता एवं राप्रपाका पूर्व प्रवक्ता किरण गिरीले मंगलबार प्रवेशको तयारी रहेको बताउनुभयो ।

कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गर्नुभएको थियो । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू