अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

विश्वमा एक करोडभन्दा धेरैले कोरोनालाई जिते, ’प्रति १० लाखमा ८४ जनाले ज्यान गुमाउँदै’

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४१ मा प्रकाशित

विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । अहिलेसम्म १ करोड ६८ हजार ८ सय ८३ जनाले कोरोनालाई जितेका वल्डोमिटरले जनाएको छ । आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।

पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ । शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म १ करोड ६४ लाख ४७ हजार ३ सय २७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले ५७ लाख २५ हजार ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६६ हजार ३ सय भन्दा धेरैको अवस्था गम्भीर छ । अहिलेसम्म मृत्युदरलाई हेर्दा प्रति कुल जनसंख्याको १० लाखमा ८४ जनाको ज्यान जाने गरेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू