अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

पाँच दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४१ मा प्रकाशित

आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागले एक विज्ञप्ति जारी गरी सोमबारदेखि १६ गतेसम्म भारी वर्षा हुने जानकारी दिएको हो । अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने विभागले जनाएको छ । मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू