अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:४० मा प्रकाशित

नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार बढि मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रक नेटवर्कको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा ‘सूर्तीजन्य उद्योग हस्तक्षेप सूचांक’ सार्वजनिक गर्दै उक्त तथ्याकंको जानकारी गराइएको हो ।

तथ्यांकले दश वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशतले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ ।यसमध्ये २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन् ।समग्रमा ग्रामिण भेगमा ३९ दशमलव २ र शहरी क्षेत्रमा २९ दशमलव ३ प्रतिशतले सेवन गर्ने गरेको देखाएको छ ।यद्धपी ५ वर्षयता सूर्तीजन्य पदार्थको सेवनमा ६ प्रतिशतले कमी आएको पनि जनाइएको छ ।

सूर्तीजन्य पदार्थका बट्टा, प्याकेट र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने प्रावधान रहेको छ ।तर पनि सूर्य टोबाको लगायत केही कम्पनीले कानुनको वेवास्ता गर्दै आएको भन्दै कार्यक्रममा सहभागीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले सूर्तीजन्य पदार्थको सेवन न्यूनीकरणका लागि नीतिगत रुपमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै व्यवसायीका प्रतिनिधी र सरकारबीच छलफलका माध्यमबाट निकास निकाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू