अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

इनफ इज इनफ अभियानको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:३९ मा प्रकाशित

कोभिड(१९ को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै इनफ इज इनफ अभियानले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ अभियानका युवाहरुलाई भेट्दै कोभिड–१९ नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताउनुभयो ।

युवाहरुले कोभिड(१९ नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता रहेको प्रवक्ता शर्माले बताए । कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडीटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको शर्माले बताउनुभयो ।

युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने शर्माको भनाई छ । इनफ इज इनफ अभियानका युवाहरु १० दिनदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाइ सत्याग्रहमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू