अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

कोभिड–१९ का कारण विश्वभर १ करोड ६२ लाख ३७ हजार ९ सय बढी संक्रमित, ६ लाख ४९ हजार १ सय ८६ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:१३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६२ लाख ३७ हजार ९ सय ५७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ४९ हजार १ सय ८६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९९ लाख ३७ हजार ८ सय १३ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४९ हजार ४ सय , ब्राजिलमा ८६ हजार ४ सय ९६, भारतमा ३२ हजार २ सय ७, रसियामा १३ हजार २ सय ६९, स्पेनमा २८ हजार ४ सय ३२, मेक्सिकोमा ४३ हजार ३ सय ७४, बेलायतमा ४५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १५ हजार ७ सय , इटालीमा ३५ हजार १ सय २, फ्रान्समा ३० हजार १ सय ९२, जर्मनीमा ९ हजार २ सय २, क्यानडामा ८ हजार ८ सय ८५ र बेल्जियममा ९ हजार ८ सय २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय २२, बंगलादेशमा २ हजार ९ सय २८ , अफगानिस्तानमा १ हजार २ सय ५९, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९३ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू