अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

प्रिमियर लिगको जारी सिजन आज सकिदै, छनौट तथा रेलीगेशनबाट बच्न रोचक भिडन्त

बिआरटीनेपाल २०७७ साउन ११ गते २:०७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिदैछ । आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ ।प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा छनौट भईसक्दा तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने टोलीहरुको टुंगो आज लाग्नेछ ।

तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेड, चौथो स्थानको चेल्सी र पाँचौ स्थानको लेष्टर सिटीमध्ये दुई टोली च्याम्पियन्स लिगमा पुग्दा एउटा टोली युरोपा लिगमा सिमित हुनेछ ।आज म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी आमने सामने हुँदा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ । च्याम्पियन्स लिग छनौटसँगै रेलीगेशनबाट बच्ने भिडन्त पनि रोचक छ ।

तालिकाको पुछारमा रहेको नरिच सिटी घटुवामा परिसकेको छ । १९ औं र १८ औं स्थानमा रहेका दुई टोलीहरु पनि रेलीगेशनमा पर्नेछन् ।रेलीगेशनबाट जोगिन १७ औं स्थानको एस्टन भिल्ला, १८ औं स्थानको वाट्फोर्ड र १९ औं स्थानको बर्नमाउथ संघर्षरत छन् ।

यी तिनै टोलीहरुले आज अवे खेल खेल्नेछन् । अन्तिम दिनका खेलहरुमा बर्नमाउथले एभर्टनसँग खेल्दा वाट्फोर्ड र आर्सनल तथा वेष्ट ह्याम युनाईटेड र एस्टन भिल्ला भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू