अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

थाइल्यान्डका राजाबाट नेपाली भिक्षुलाई चौथो सर्वोच्च पद प्रदान

बिआरटीनेपाल २०७७ साउन ११ गते १:३६ मा प्रकाशित

थाई नरेश महावालिरालङ्कनले नेपाली भिक्षु सुगन्ध महास्थविरलाई देव पदको सम्मान प्रदान गर्नुभएको छ । थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत्मा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुनुहुन्छ ।

थाइल्यान्डमा उहाँलाई अनिल शाक्यको नामले चिनिन्छ र उहाँ चार दशकयता थाइल्यान्डमा रहनुभएको छ । थाई भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो क्रममा देव पद रहेको छ ।

थाइल्यान्डको बौद्ध धर्ममा योगदान पुर्याएको सम्मान स्वरूप त्यहाँका राजाले यो पद प्रदान गर्नुभएको हो । भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर समेत रहनुभएको छ । थाइल्यान्डमा ३ लाख २८ हजार २ सय ४४ भिक्षु छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू