अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

बाग्लुङमा पहिरोले टिप्पर र ट्र्याक्टर पुर्याे, दुई चालक बेपत्ता

बिआरटीनेपाल २०७७ साउन ११ गते १:२४ मा प्रकाशित

बाग्लुङको बाग्लुङ नगरपालिका १ मा पहिरोले स्काभेटर, टिप्पर र ट्र्याक्टर पुर्दा दुई जना बेपत्ता भएका छन् । टिप्पर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

बाँगेचौरमा बाटो ग्राभेल गर्ने सामग्री बोक्ने काम गरिरहेको टिप्पर र ट्र्याक्टरलाई सुक्खा पहिरोले पुरेको नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ त ४७ नम्बरको ट्र्याक्टर र ग १ ख ४६३७ नम्बरको टिप्पर पुरिएको हो ।

आज बिहानैदेखि उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू