अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको ‘पहिलो केस’ पुष्टि

बिआरटीनेपाल २०७७ साउन ११ गते १:३२ मा प्रकाशित

उत्तर कोरियामा उसले जानकारी गराए अनुसार कोरोना भाइरसका पहिलो संक्रमित भेटिएका छन्। उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो । तीन वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए। नेता किम जोङ्ग–उनले उच्च अधिकारीसँग बैठक गर्नुभएको छ ।

उहाँले केइसोङ्ग शहरसँग जोडिएको सीमा क्षेत्रमा लकडाउन लागु गरेको केसिएनएलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिसम्म उत्तर कोरियाले आफ्नोमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएको थियो, तर विश्लेषकले भने सो कुरा सत्य नरहेको बताउँदै आएका छन् ।

शनिबार भएको पोलिटब्यूरो बैठकमा नेता किमले भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि उच्चतम तहको आपतकालीन अवस्था लागु गर्न आदेश दिएको जनाइएको छ । यस्तै संक्रमण देखिएका व्यक्ति कडा सीमा सुरक्षाबिच कसरी स्वदेश प्रवेश गर्न सफल भए भन्नेबारे छानबिन गर्न किमले आदेश पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू