अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

रञ्जन कोइरालाको पुनरावलोकन मुद्दा न्यायाधीश श्रेष्ठ, ढुंगाना र रेग्मीले हेर्दै

बिआरटीनेपाल २०७७ साउन ११ गते १:०६ मा प्रकाशित

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितको बेन्चले गरेको फैसलाविरुद्धको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ ।महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन मागको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गर्नुभएको थियो । जसको सर्वत्र आलोचना भइरहेको छ ।आफैंले गरेको फैसलाको पुनरावलोकन मुद्दामा पेशी तोक्न नमिल्ने बताइए पनि प्रधानन्यायाधीश राणाले भने आइतबार अदालतमा आफैं उपस्थित भई तीन न्यायाधीशको बेन्चमा पेशी तोक्नुभएको हो ।

यसबारेमा प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग परामर्श समेत गर्नुभएको बताइएको छ । पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएकामा जबरा र केसीले भने १५ असारमा कोइरालाको सजायँ घटाउँदै ८ वर्ष ६ महिना कायम गर्नुभएको थियो ।

प्रधानन्यायाधीश राणाको सोही फैसलाअनुसार कोइराला ८ साउनका दिन जेलबाट छुटिसमेत सकेका छन् । तर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू