अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

सिंगापुरका एक व्यक्तिद्वारा अमेरिकामा बसेर चीनका लागि गोप्य सूचना संकलन गर्ने गरेको स्वीकार

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३६ मा प्रकाशित

अमेरिकामा रहेका सिंगापुरका एक व्यक्तिले आफूले चीनको गुप्तचरका रुपमा काम गरेको स्वीकार गरेका छन् । अमेरिका र चीनबिच पछिल्लो समय बढेको तनावमा यो पछिल्लो घटनाले थप उत्कर्षमा लगेको छ । जुन वीइ यीओ विरुद्ध अमेरिकाले मुद्दा दायर गरेको छ ।

अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीलाई उनले चिनियाँ गुप्तचर निकायका लागि जानकारी संकलन गर्ने प्रयोजनमा प्रयोग गरेको अमेरिकी अधिकारीले बताएका छन् ।यस्तै चिनियाँ सैनिकसँगको आफ्नो सम्बद्धता लुकाएकी एक अनुसन्धानकर्तालाई पक्राउ गरिएको पनि अमेरिकाले जनाएको छ । चीनले यसअघि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न भनेपछि चीनले पनि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो । चीनले अमेरिकाको वौद्धिक सम्पत्ती चोरी गरेकाले वाणिज्य दूतावास बन्द गर्न भनिएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू