अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउन नेकपा वरिष्ठ नेता माधव नेपालको माग

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३४ मा प्रकाशित

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ। वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनु पर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताउनुभएको छ । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उहाँको भनाई छ।

पटक–पटक गणतन्त्र स्मारक हटाउनु पर्ने धारणा राख्दै आउनुभएका नेता नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताउनुभयो । नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने नो नेपालको धारण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू