अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

रञ्जन कोइरालालाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३४ मा प्रकाशित

श्रीमतीको हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद भोगिरहेका रञ्जन कोइरालालाई सर्वाेच्च अदालतले उन्मुक्ति दिएको विरोधमा साझा पार्टीले राजधानीमा प्रदर्शन गरेको छ।‘न्यायका लागि साझा यात्रा’ नाम दिइएको विरोध ¥याली साझा पार्टीको पार्टी कार्यालय ललितपुरको बखुण्डोलबाट माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो। तराजु, शंख, घण्टीसहित विरोधमा सहभागीहरुले गैरन्यायिक फैसला खारेज गर्न माग गरेका छन्।

कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी बिहीबार छुटेका थिए। काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो।

उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई सजायमा ११ वर्ष ६ महिना छुट दिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू