अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ लाख ३९ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३० मा प्रकाशित

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४८ हजार ९ सय १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमितको संख्या १३ लाख ३९ हजार ६७ पुगेको छ ।

विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ७ सय ५७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ हजार ४ सय २५ पुगेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू