अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

नेपाल–भारत वार्ता ठप्प, ओलीसित टेलिफोन संवादसमेत गर्न मोदी अनिच्छुक

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३० मा प्रकाशित

नेपाल र भारतबीच पछिल्लोसमय वार्ता ठप्प भएको छ । नेपाली भूमि समेटेर नक्सामा सार्वजनिक गर्दामात्र नभइ अतिक्रमित भूमिमा सडक खनेर उद्घाटन गर्दापनि भारतले नेपालसँगको वार्ता पटकपटक टार्दै आएको छ । नेपालले सो क्षेत्रलाई आफ्नो नक्सामा समेट्दै संविधानमै नयाँ नक्सालाई समावेश गराएयता नेपाल र भारतबीच संवाद भएको छैन । गत जेठ ७ गते नेपालले कालापानी, लिम्पियाधुरा क्षेत्र समेट्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल र भारतबीच कूटनीतिकरुपमा संवाद हुन सकेको छैन भने सम्बन्ध समेत चिसिएको छ ।

वार्ता नहुँदा दुवै देशलाई फाइदा नगर्ने भन्दै विज्ञहरुले यथाशक्य छिटो वार्तामा बस्न सुझाव दिइरहेका छन् । सरकारीस्तरमा मात्र नभइ पछिल्लो समय दुई देशबीच राजनीतिक भेटवार्ता पनि पातलिएका छन् । परराष्ट्रमन्त्रीस्तरीय बैठक टार्दै आएको भारतले नेपालबाट वार्ताका लागि चारपटक ताकेता हुँदापनि प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग टेलिफोन संवाद समेत गर्न चाहनुभएको छैन ।

यसैगरी, नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदनसमेत बुझ्न भारतले मानिरहेको छैन । दुई देशबीचको तिक्तताको कारण तेस्रो पक्षले फाइदा लिन सक्नेतर्फ विज्ञहरुले सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू