अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

नेइमारको निर्णायक गोलको मद्धतमा पिएसजीले जित्यो १३ औँ पटक फ्रेन्च कपको उपाधि

बिआरटीनेपाल २०७७ साउन १० गते ७:२४ मा प्रकाशित

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो । घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो ।

३१ औं मिनेटमा लोइक पेरिनले सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट–इटिएन १० खेलाडीमा सीमित भएको थियो । पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो । यो खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भए। रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले केही राहत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू