अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

बिआरटीनेपाल २०७७ साउन १० गते ७:२२ मा प्रकाशित

‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज सम्पन्न भएकोे छ । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भए पनि यो वर्ष कोरोना महामारीको कारण केही समय ढिला भएको हो ।

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष समयमै गर्न नसकिएको बताउनुभयो ।असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भए पनि कोभिड—१९ सङ्क्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिए पनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उहाँले बताउनुभयो ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भए पनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू