अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

नेकपाका संस्थापक नेता कर्माचार्यको स्मरण

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:५५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको छ । शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन् ।कर्माचार्यको वैचारिक दृढताले कम्युनिस्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनुभयो ।

कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय देखापरेको संकट र समस्याहरु सम्बोधनका लागि उहाँले दिएको वैचारिक दृढताले योगदान पुग्ने उहाँले बताउनुभयो ।स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरुले कर्माचार्यको सालिकमा माल्यार्पण गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले माल्यार्पण गरेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङलगायतका नेताहरु कर्माचार्यको सालिकमा माल्यार्पण गर्न शुक्रबार बिहान कुम्भेश्वर पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू