अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 11:04

युवतीलाई एसिड हान्ने दुई जना प्रहरीद्धारा पक्राउ पछि सार्वजनिक

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:५२ मा प्रकाशित

आफूलाई मन नपराएको भन्दै २२ वर्षीय युवतीमाथि एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले काठमाण्डौं सीतापाइलामा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की माथि एसिड प्रहार गरेका थिए ।

बिहीबार राति ८ बजेतिरको घटना भएपनि प्रहरीले उनीहरुलाई घटनाको २ घण्टा भित्रै पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका मध्ये एकजना रौतहटका मोहम्मद आलम र अर्का भारतीय नागरिक मोहम्मद मुन्ना रहेका छन् । मुन्नालाई मोहम्मद आलमले पैसा दिएर एसिड प्रहार गर्न लगाएका थिए ।

महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले जनाएअनुसार पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गर्दा उनले वेवास्ता गरेपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर एसिड प्रहार गर्न लगाएका थिए । घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू