अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:४८ मा प्रकाशित

पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्व सहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । नागरिक आवाजका नाममा प्रदर्शन गरिएको हो । प्रर्दशन गर्ने समूहले सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका रञ्जन कोइरालालाई उन्मुक्तिको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाऊन आग्रह गरेका छन् ।

कोइरालालाई दिइएको सजाय सहुलियत प्रति सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो मुद्दामा फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका छन् । यस्तो माग गर्नेहरुमा पूर्वप्रधानमन्त्री र सांसद लगायत सत्तारुढ र विपक्षी पार्टीका नेताहरु समेत रहेका छन् ।

२०६८ सालमा श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो ।

जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । जसकारण, कोइराला हिजो कारागारबाट घर फर्केका छन् । यसको चौतर्फि बिरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू