अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, १३३ जना नयाँ संक्रमित थपिंदा १०७ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ साउन ९ गते ६:४५ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आज बिहान पर्साको वीरगञ्जकी ८५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसंगै मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

देशभर कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको मन्त्रालयले बताएको छ । अहिले सक्रिय संक्रमितहरु ५ हजार ३ सय ८३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको छ ।

हाल १९ हजार ७ सय ४४ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार ३ सय ८३ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । अहिले पाँचथर, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ र रसुवा गरी ६ जिल्ला संक्रमण मुक्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू