अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

चीनको जवाफी कारबाही, अमेरिकी दूतावास बन्द

बिआरटीनेपाल २०७७ साउन ९ गते १:२९ मा प्रकाशित

चीनले अमेरिकाविरुद्धको जवाफी कारबाही स्वरुप चंगडुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयले यसै साता अमेरिकाको ह्युस्टनस्थित चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो जरूरी र वैध प्रतिक्रिया भएको जिकिर गरेका छन् ।

मन्त्रालयले भनेको छ, “चीन र अमेरिकाका बीच जारी तनावपूर्ण अवस्था चीनले चाहेको छैन । यसका लागि अमेरिका जिम्मेवार छ ।” चंगडुमा सन् १९८५ मा महावाणिज्य दूतावास स्थापना गरिएको थियो जहाँ दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । तिब्बत नजिक पर्ने भएकाले यो दूतावास रणनीतिक रूपले महत्त्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू