अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

इटालीयन लिगमा शिर्ष स्थानको युभेन्टस युडिनेजीसँग पराजित

बिआरटीनेपाल २०७७ साउन ९ गते ०:११ मा प्रकाशित

इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शिर्ष स्थानको युभेन्टस पराजित भएको छ ।गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ ।युडिनेजीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित हुनुपर्यो ।

खेलको ४२ औं मिनेटमा माटियास डे लिग्टले गोल गर्दै युभेन्टसलाई अग्रता दिए । तर दोस्रो हाफमा युडिनेजीका इलिजा नेस्तेरोभ्सकी र सेको फोफानाले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । गएरातिको खेलमा पराजित भएपछि युभेन्टसले सिरी ए को उपाधि जित्न कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने भएको छ । उपाधिका लागि युभेन्टसलाई ३ अंकको आवश्यकता रहेको छ ।

युभेन्टस लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने तयारीमा छ । यो उपाधि युभेन्टसका लागि किर्तीमानी ३६ औं सिरी ‘ए’ उपाधि हुनेछ । जारी सिजनमा ३५ खेलबाट युभेन्टसको ८० अंक छ । समान खेलबाट ७४ अंक जोडेको एटलान्टा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया