अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

रुसले अन्तरिक्षमा हतियारयुक्त स्याटेलाईट पठाएको अमेरिका र बेलायतको आरोप

बिआरटीनेपाल २०७७ साउन ९ गते ०:१२ मा प्रकाशित

रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ ।

रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको अमेरिकाको विदेश विभागले जनाएको छ । यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेको बताएको थियो ।

अमेरिकाले यसअघि नै रुसको नयाँ स्याटेलाइट सम्बन्धी कार्यप्रति चासो व्यक्त गरेको थियो । बेलायतले भने पहिलो पटक रुसमाथि अन्तरिक्षमा हतियार प्रक्षेपण गरेको अभियोग लगाएको हो । रुसले आफ्नो हतियार नियन्त्रण क्षमता अन्तरिक्षसम्म बिस्तार गर्न चाहेको पश्चिमाहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू