अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

झापामा पोखरीमा डुबेर ३ बालकको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन ८ गते ६:१५ मा प्रकाशित

झापाको भद्रपुर नगरपालिका २ को कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । पोखरीमा डुबेर ज्यान गुमाउनेमा भद्रपुर २ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, त्यही ठाउँका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अङ्कुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजी गर्ने क्रममा बुधबार त्यही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । त्यो पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालक सँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गएपछि त्यो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापर्वाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू