अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४३ पुग्यो

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:५४ मा प्रकाशित

पर्सा जिल्लामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगन्जको माईस्थान बस्ने ६० वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि एडभान्स अस्पतालमा भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्यमा कोरोनाको शंकास्पद लक्षण देखिएको थियो । त्यसपछि उनलाई गत मंगलबार कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पताल पुर्याइएको थियो । तर, सोही साँझ उनको मृत्यु भएको हो ।

मृत्यु पछि गरिएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । बुधवार एक विदेशी नागरिक सहित २ जनाको मृत्यु भएको थियो भने आज विहिवार थप १ एक जनाको मृत्यु भए सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू