अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

चेल्सीलाई हराउँदैं लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:५० मा प्रकाशित

च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । सिजनको ३७ औँ खेलमा चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर लिगको ट्रफी उचाल्यो ।

खेलको पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल थप्यो । उसका लागि नाबी केइता, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड, जर्जिनिओ वहाल्दम, रोबर्टो फर्मिनो र अलेक्स एक्सलेड चेम्बरलिनले एक एक गोल गरे ।

पराजित टोली चेल्सीका लागि ओलिभर जिरु, ट्यामी अब्राहम र क्रिष्चियन पुलिसिकले एक एक गोल गरे । यसअघि नैं उपाधि जितिसकेको लिभरपुलले हिजोको जितपछि ट्रफी उचालेको छ ।लिगमा एक खेल बाँकी छँदा लिभरपुलको ९६ अंक भएको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा झरेको छ ।

हिजोको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सी र म्यान्चेस्टर युनाईटेडको समान ६३ अंक भएपनि गोल अन्तरको आधारमा चेल्सी चौथो स्थानमा झरेको हो । लिगको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले लेष्टर सिटीसँग खेल्दा चेल्सीको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू