अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:३५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने जनाउनु भएको हो ।

साथै उहाँले खोपको अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई खोपको जरुरी रहेतापनि हतार नगरि प्रभावकारी सावित हुने खोप बनाउन सुझाव दिनुभएको छ । हतारमा बनाइएको खोप प्रभावकारी नभएको खण्डमा फेरी समय लाग्ने हुनाले प्रभावकारी खोप बनाृउन उहाँले बैज्ञानिकहरुलाई सुझाव दिनुभएको हो ।

विश्वका बैज्ञानिकहरुले हाल २३ प्रकारका खोप तयार पारी प्रयोगमा ल्याइसकेका छन् भने जुन परिक्षणका क्रममा नै रहेको छ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५३ लाख ७८ हजार बढी रहेको छ भने मृतकको संख्या ६ लाख ३० हजार नाघेको छ । अमेरिकामा मात्रै १ लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ जहाँ संक्रमितको संख्या ४१ लाख नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू