अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

कोभिड–१९ का कारण विश्वभर १ करोड ५३ लाख ७८ हजार १ सय बढी संक्रमित, ६ लाख ३० हजार ३ सय १२ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:२८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ५३ लाख ७८ हजार १ सय ४५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ३० हजार ३ सय १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९३ लाख ५३ हजार ३ सय ८२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४६ हजार १ सय ८३, ब्राजिलमा ८२ हजार ८ सय ९०, भारतमा २९ हजार ८ सय ९०, रसियामा १२ हजार ७ सय ४५, स्पेनमा २८ हजार ४ सय २६, मेक्सिकोमा ४१ हजार १ सय ९०, बेलायतमा ४५ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १४ हजार ८ सय ५३ , इटालीमा ३५ हजार ८२, फ्रान्समा ३० हजार १ सय ७७, जर्मनीमा ९ हजार १ सय ८२ , क्यानडामा ८ हजार ८ सय ७० र बेल्जियममा ९ हजार ८ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ७ सय ९, बंगलादेशमा २ हजार ७ सय ५१ , अफगानिस्तानमा १ हजार १ सय ९०, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू