अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

लायन्स क्लब कुइन्सको सक्सेस समिट २०२० सम्पन्न

बिआरटीनेपाल २०७७ साउन ७ गते ११:५४ मा प्रकाशित

वि सर्व मूल मोटोको साथ स्थापना भएको लायन्स क्लबहरू अमेरिका भरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरी लायन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा सक्सेस समिट २०२० (Suceess Summit 2020) मा विभिन्न प्रतिवेदन पेस गर्दै यही जुलाई १८ गते परोक्ष भर्जुयल पद्धतिबाट ३:३० घण्टा सम्म चली भव्य रूपमा सम्पन्न भएको छ ।

सामाजिक संस्थाहरूको स्थापना र सञ्चालन केवल समाज सेवाकै निम्ति केन्द्रित हुनुपर्छ भन्ने मान्यता लिएर स्थापित र लायन्स क्लब कुयिन्स बुद्ध आज आफ्नो स्थापना र सक्रियताको औचित्यलाई विगतमा जस्तै फेरी एक पटक पुष्टि गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि डा.अर्जुन कार्की अमेरिकाको लागि नेपाली राजदूतले हामी नेपाली अरू समुदायको लागि असल भए जस्तै हामी आफ्नो समुदायको लागि असल बन्ने जीवनशैलीको विकास गर्नु पर्छ । विश्व एक घर जस्तै वनेको सन्दर्भमा र हाम्रा नेपालीहरू दाजु भाइ दिदीबहिनीहरू विश्व भरि पुगेका छन् तर आफ्नो भाषा संस्कृतिलाई कहिले पनि छोडेका छैनन् बरु आफ्नो समुदायमा जोड्ने र जोडिने धेरै उपायहरू निकालेर मानवीय सेवामा लाग्नुले नै जसले मानिसलाई वास्तविक रूपमा शान्ति र आनन्द दिलाउँछ भन्नु भयो ।

लायन्स क्लब अफ क्युयिन इन्टरन्यासनल लास्ट निर्देशक सञ्जय खेतानले लायन्स इन्टरन्यासनलमा नेपलिज लायन्स क्लबको सधैँ उच्च स्थान रहेको जानकारी गराऊॅंदैं नेपाली भाषामा लायन्सको इन्टरन्यासनल वेबसाइट पनि चाडै तयार हुने जानकारी पनि गराऊॅंनु भयो । अहिले COVID-19 मा नेपाल सरकारसॅंग मिलेर सबैभन्दा अग्रपंतिमा रहेर मानवीय सेवामा सक्रिय लायन्स क्लबहरू नै रहेको जानकारी पनि दिनु भयो ।

लायन्स क्लब बाट पहिलो नेपाली राजेन थापाले अमेरिका लायन्स क्लबहरूको अवसर र चुनौतीहरूमा प्रकाश पार्नु भएको थियो अमेरिकामा धेरै लायन्स क्लबहरू र नेतृत्वहरू पनि जन्मिने क्रममा रहेको जानकारी गराऊॅंनु भएको थियो । अर्का अतिथि राज श्रेष्ठले नेतृत्वको विकास र अवसर, चुनौतीको विषयमा सविस्तार प्रष्ट पार्नु भएको थियो । वहाॅंले लायन्स क्लब ले कसरी काम गर्ने तौर तरिकाहरूको जानकारी गराऊॅंनु भएको थियो ।

प्रतिक्रिया