अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

प्रिमियर लिगः म्यान्चेस्टर सिटीद्धारा वाट्फोर्ड पराजित, एस्टन भिल्लालाई राहत

बिआरटीनेपाल २०७७ साउन ७ गते ६:०१ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई हराउँदा आर्सनल एस्टन भिल्लसँग पराजित भएको छ ।गएराति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० ले पराजित गर्यो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे ।

यस्तै फिल फोडेन र आयमेरिक लापोर्टेले एक एक गोल गरे । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ ।उसले उपाधि विजेता लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । लिगमा एक खेल बाँकी छँदा लिभरपुल सिटीभन्दा १५ अंकले अगाडि छ ।

३४ अंक जोडेको वाट्फोर्ड भने १८ औं स्थानमा छ । रेलिगेनशबाट जोगिन उसले लिगको अन्तिम खेलमा आर्सनललाई हराउनुपर्ने हुन्छ ।गएराति भएको खेलमा आर्सनललाई १–० ले हराएको एस्टन भिल्लाले भने रेलिगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।

३७ खेलबाट ३४ अंक जोडेको भिल्ला तालिकाको १७ औं स्थानमा उक्लिएको हो । भिल्लाने लिगको अन्तिम खेलमा वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू