अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

कोभिड–१९ का कारण विश्वभर १ करोड ५१ लाख २१ हजार ८ सय १७ बढी संक्रमित, ६ लाख २० हजार २ सय ९२ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन ७ गते ५:५९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ५१ लाख २१ हजार ८ सय १७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ९१ लाख ३७ हजार ५ सय ३७ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ४४ हजार ९ सय ५८, ब्राजिलमा ८१ हजार ५ सय ९७, भारतमा २८ हजार ७ सय ८१, रसियामा १२ हजार ७ सय ४५, स्पेनमा २८ हजार ४ सय २४, मेक्सिकोमा ४० हजार ४ सय , बेलायतमा ४५ हजार ४ सय २२ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १४ हजार ८ सय ५३ , इटालीमा ३५ हजार ७३, फ्रान्समा ३० हजार १ सय ६५, जर्मनीमा ९ हजार १ सय ८०, क्यानडामा ८ हजार ८ सय ६२ र बेल्जियममा ९ हजार ८ सय ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ६ सय ७७, बंगलादेशमा २ हजार ७ सय ५१ , अफगानिस्तानमा १ हजार १ सय ९०, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू