अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

कम्युनिस्ट नेता बर्मन बुढाको निधन

बिआरटीनेपाल २०७७ साउन ७ गते ५:५६ मा प्रकाशित

बुधबार बिहान निधन भएका कम्युनिस्ट नेता बर्मन बुढाको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ ।रोल्पाको थवाङ घर भएका कम्युनिस्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।पूर्वसांसदसमेत रहनुभएका बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभयो ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो । अन्तिम श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेताहरु बुढाको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो । बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनमा सरल जीवनशैली भएका व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू