अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नारायणगढ– मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

बिआरटीनेपाल २०७७ साउन ७ गते ५:५४ मा प्रकाशित

नारायणगढ– मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर हिजो दिउँसो एकतर्फी खुलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू