अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

माइतीघर मण्डलदाममा सरकारविरोधी प्रदर्शनमा उत्रिएका ५ विदेशीलाई देश निकाला, २ वर्ष नेपाल प्रवेश गर्न प्रतिबन्ध

बिआरटीनेपाल २०७७ साउन ६ गते ७:५१ मा प्रकाशित

सरकारविरोधी प्रदर्शनमा उत्रिएका पाँच जना विदेशीलाई देश निकाला गरिने भएको छ। गृह मन्त्रालयका सचिवस्तरको निर्णयले उनिहरुलाई निष्काशन गर्ने निर्णय भएको हो। जेठ ३१ गते माइतिघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले जना विदेशीलाई पक्राउ गरेको थियो। लगत्तै उनिहरुलाई अध्यागमन विभाग पठाइएको थियो।

पक्राउ परेकामध्ये एक जना विदेशीले नेपालीसँग विवाह गरेर बसेकाले उसलाई २० हजार रुपैयाँ जरिवाना मात्र गर्ने निर्णय भएको अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनुलाई गैरकानूनी मानिन्छ।

तिवारीले लकडाउन खुलेको १५ दिनभित्रमा उनिहरुलाई आफ्नो देश फर्काइने जानकारी दिए। देश निकाला गर्ने निर्णय भएकामा २ महिलासहित ३ जना चिनियाँ छन्। एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिलालाई पनि देश निकाला गरिने छ। उनिहरु सबैलाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू